कालापानीमा भारतीय गभर्नरको भ्रमणलाई कुटनीतिक वार्तामा उठाउँछौं : परराष्ट्र मन्त्रालय

नेपालभ्युज

कालापानीमा भारतीय गभर्नरको भ्रमणलाई कुटनीतिक वार्तामा उठाउँछौं : परराष्ट्र मन्त्रालय

काठमाडौं।  अतिक्रमित नेपाली भूमी गुन्जी र नाबीमा उत्तराखण्डका गभर्नर जनरल गुर्मित सिंहले गरेको भ्रमणको विषयलाई कुटनीतिक छलफलका दौरान उठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि सिंहले गुन्जी र नाबी भ्रमण गर्दै त्यहाँ रहेका भारतीय सैनिक र स्थानीयसँग अन्तक्रिया गरेका थिए। उनले यस विषयको जानकारी ट्वीटरमार्फत दिएका छन्।

भारतीय सीमा सडक संगठनले यस क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उनले उच्च प्रशंसा गरेका छन्। यस विषयलाई जानकारीमा राखेको र कुटनीतिक छलफलका दौरान उठाउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल भ्युजसँग बताए।

‘‘यस विषयलाई परराष्ट्रले नोट गरेको छ। उपयुक्त समयमा उठाउनेछौं,’’ती अधिकारीले भने।

२५ डिसेम्बरमा भारतले आफ्नो नयाँ नक्सा (१० औं संशोधन) सार्वजनिक गरेको थियो। जसमा लम्पियाधुरा, कुती, नाबी, गुन्जी, कालापानीलगायत भूभागलाई भारतीय नक्सामा देखाइएको छ। गत वर्ष नेपालले संसद्बाट लिम्पियाधुरासहितको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। त्यसयता, कुटनीतिक प्रयासमार्फत आफ्नो भूमी प्राप्त गर्ने लक्ष्य नेपालले राखेको छ।

तर, भारतले सीमा समस्याको समाधानमा खासै चासो देखाएको छैन। बरु, अतिक्रमित नेपाली भूभाग आफ्नो रहेको दाबी निरन्तर गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved