काठमाडौं । फुट टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ । आयोजक लेट्स प्ले स्पोटर्सले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषमा ३२ र महिलामा आठ टिमको सहभागिता रहने जानकारी दियो ।
प्रतियोगिताका खेलहरू जेठ ५ गतेदेखि हुनेछन् । प्रत्येक शनिवार उक्त खेल सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो र दोस्रो शनिवार समूह चरणका तथा तेस्रो र चौथो शनिवार नकआउट चरणका खेलहरु सञ्चालन हुनेछन् ।
पुरुषतर्फ विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितासँगै फुटसलका प्रतिभाहरुको प्रस्तुतीसहितको फ्रिस्टाईल स्कील च्यालेन्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरुमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।
Facebook Comment
Comment