पाँचथर । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् ।
पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले शासकिय स्वरूपमा परिवर्तन हुनुपर्ने बताए ।
स्थायित्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने उनको भनाई छ। उनले भने, ‘‘स्थायित्वको नारा दिएर तत्कालीन नेकपाले दुई तिहाइको सरकार चलायो, ‘पूरा कार्यकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो।
अस्थिरताको अन्त्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’’
नेपालमा गलत ढङ्गले सङ्घीयताको कार्यान्वयन भइरहेको समेत उनले बताए । कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठुलो सङ्कट आइलाग्ने उनको धारणा थियो ।
Facebook Comment
Comment