मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपालभ्युज

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं। पपुवा न्युगिनी(पीएनजी) विरुद्ध दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ।

शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे शुरु हुनेछ।

दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाएका छन्। चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीले आराम गर्नेछन्। यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने शुरुआती-११ बाहिर रहनेछन्।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो। पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए।

नेपालले पहिलो पटक एकदिवसीय क्रिकेटमा डे नाइट खेल्न लागेको हो। अन्तिम पटक नेपालले सिंगापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो। तर एकदिवसीय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो।

नेपालले पीएनजीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ। यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले खेल्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved