काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् ।
मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाबाट प्राप्त अवसर र चुनौती विषयक अन्तरक्रियामा निर्देशक घिसिङले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणलाई आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताए ।
उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बीडीए, पीडीए र पीए सबै विषयमा छलफल भइरहेको बताए । उनले २०२१ मा विभिन्न रूपमा छलफल भए पनि कोभिडका कारण समस्या भएको बताए ।
उनले भने,‘उहाँहरूले अझ बेटर अप्सन दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔँ । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रूपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने भन्नेमा छु । त्यो शेयर आउँछ ।’
Facebook Comment
Comment