महाठग दम्पती : भेट्टाएको नागरिकताबाट १६ बैंकमा खाता खोले, ६० लाख ठगी !

सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएकी थिइन् । नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँसिन् । विभिन्न बैंकहरुमा १६ वटा खाता खोलिन् । र विभिन्न मानिसहरूलाई ‘तपाईँको पार्सल आएको र भन्सार शुल्क चाहिने भन्दै पैसा मागेर ठगी गरे ।

नेपालभ्युज

महाठग दम्पती : भेट्टाएको नागरिकताबाट १६ बैंकमा खाता खोले, ६० लाख ठगी !

काठमाडौं । नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ ।

नटवरलाल वास्तवमा भारतको एक रोचक किसिमबाट ठगी गर्ने मानिस थिए । उसले आफ्नो जीवनमा यसरी ठगी गरेका थिए कि रोचक र चतुर ढङ्गबाट थियो ।

ठीक उस्तै शैलीमा ठगी गर्ने अर्का जोडी नेपालमै भेटिएका छन्, जसले अरूको नागरिकता दुरुपयोग गरी ठगी गरेको भेटियो । ठगी ती दम्पतीसहित अर्का एकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा श्रीमान्–श्रीमतीसहित तीन जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान् ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।

यो समूहले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरू आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोप छ ।

सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएकी थिइन् । उक्त नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँस गरिन् । र सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलिन् ।

त्यसपछि ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी काउन्सेलिङ गर्दै पार्सल पठाएको, चिट्ठा परेको, डलर पठाएको जस्ता प्रलोभन पारी ठगी गरेको खुलेको छ ।
पीडितहरूलाई नक्कली नागरिकताको आधारमा खोलिएको बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

यो शैलीमा विगत दुई वर्षदेखि ठगी गर्दै आएको खुलेको छ । सन्जुले पीडितहरूले भने आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुरियर सिनियर अधिकृत रहेको भन्दै परिचय दिने गरेकी थिइन् । सन्जुले रश्मिको मात्रै नभएर अरूको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको छ ।

ठगी आरोपमा सन्जुसँगै पक्राउ परेका श्रीमान् निश्चलले भारतीय आधार कार्ड समेत लिएको भेटिएको छ । हालसम्म श्रीमान्–श्रीमती मिलेर झन्डै करोड जति ठगी गरेको भेटिएको छ ।

उनीहरूबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १ थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved