घुस रकमसहित पोखरा महानागरपलिकाकी सब-इन्जिनियर रोकाया पक्राउ

नेपालभ्युज

घुस रकमसहित पोखरा महानागरपलिकाकी सब-इन्जिनियर रोकाया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पोखरा महानागरपलिकाकी सब-इन्जिनियर र गोदार कन्सल्टेन्सीका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ ।

घर सम्पन्न प्रमाणपत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग लिएको डेढ लाख रुपैयाँ रकमसहित अख्तियारले पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले कुँवरलाई महेन्द्रपुल र सब-इन्जिनियर रोकायालाई मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको अख्तियारको दाबी छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved