काठमाडौं । यस वर्ष अप्रिल–मे महिनामा भारतबाट करिब ६ हजार कामदार इजरायल जाने भएका छन् ।
इजरायलको प्रधानमन्त्री कार्यालयले सो जानकारी दिएको हो ।
सन् २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेको छ।
द्वन्द्व सुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो संख्यामा मानिस काम गर्न इजरायल गएका थिए।
वेस्ट बैंकका करिब ८० हजार र गाजाका करिब १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर, अक्टोबर ७ गतेदेखि यो क्रम रोकिएको छ ।
भारतीय कामदारहरूलाई हवाई जहाजबाट अनुदानमा इजरायल लैजान लागिएको हो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्न सबैभन्दा बढी विदेशी कामदार छिट्टै इजरायल पुग्ने बताएको छ ।
जी टु जी सम्झौताअनुसार भारतबाट कामदार इजरायल पठाइनेछ ।
Facebook Comment
Comment