बार्सिलोनासँग पीएसजी र एट्लेटिकोसँग बोरूसिया डर्टमन्ड पराजित

नेपालभ्युज

बार्सिलोनासँग पीएसजी र एट्लेटिकोसँग बोरूसिया डर्टमन्ड पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई पराजित गरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा फ्रेन्च टोली पीएसजीलाई स्पेनिस टोली बार्सिलोनाले ३–२ ले हराएको हो ।

सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरूसिया डर्टमुन्डलाई २–१ ले हराएको छ ।

घरेलु मैदान सिभिटास मेट्रोपोलिटनो स्टेडियममा भएको खेलमा एट्लेटिको म्याड्रिडले बोरूसिया डर्टमन्डलाई हराएको हो । क्वाटरफाइनलको अर्को लेग आगामी हप्ता हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved