भिसा सकिएर पनि बसिरहेका १० बङ्गलादेशी नागरिक पक्राउ

नेपालभ्युज

भिसा सकिएर पनि बसिरहेका १० बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ठमेल र सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved