किरात राई कर्मचारी मञ्चको १४औं स्थापना दिवस सम्पन्न

नेपालभ्युज

किरात राई कर्मचारी मञ्चको १४औं स्थापना दिवस सम्पन्न

काठमाडौं । किरात राई कर्मचारी मञ्चको १४औं स्थापना दिवस सम्पन्न भएको छ । शनिवार किरात राई यायोक्खाको मुख्यालय कोटेश्वर, काठमाडौंमा सम्पन्न कार्यक्रममा मञ्चले संस्थापक सदस्यहरूलाई सम्मान गरेको सचिव योग्यप्रसाद राईले जानकारी दिए ।

यस्तै कार्यक्रमका बीच ‘स्व. हरिलाल स्मृति सम्मान २०८०’ बाट मालपोत कार्यालय, पाँचथरका खरिदार राजकुमारी राई र नेपाल टेलिकम, संखुवासभाका अधिकृत सातौँ प्रेमकुमार राईले नगद १५ हजार ५ र सम्मानपत्रका साथ सम्मानित भए ।

मञ्चले किरात राई समुदायबाट सार्वजनिक सेवामा प्रवेश हुने नवप्रवेशी कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै प्रशंसापत्र प्रदान गरेको थियो ।

कार्यम्रममा प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा थिए । मञ्चका अध्यक्ष खिलराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य शरण राई, मञ्चका संस्थापक अध्यक्ष वीरबहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, पूर्वसचिव सागरकुमार राई, आदिवासी जनजाति महासंघका महासचिव दिवस राईलगायतको उपस्थिति रहेको थियो ।

विसं २०६७ चैत्र २१ गते पहिलोपटक वीरबहादुर राईको अध्यक्षतामा ९ सदस्यीय मञ्चको कार्यसमिति गठन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved