लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अख्तियारको ठहर छ ।

अख्तियारले भट्टराईकी आमा जनक नन्दनीलाई पनि छोराको मतियारको रुपमा कसुरदार ठहर गर्दै उनको नामको जग्गा जफत र बराबार बिगो र कैद सजाय मागदाबी गरिएको छ ।

दुवैका लागि ८० लाख रुपैयाँ बिगो कायम गरि सोही अनुसारको जरिवाना समेत माग गरेर अख्तियारले मुद्दा हालेको हो ।

कोषका इन्जिनियर भट्टराई नवलपरासीको रामग्रामस्थित कोषको जग्गा व्यक्तिलाई भाडामा दिने प्रकरणमा पनि जोडिएका व्यक्ति हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved