विमानस्थलमा महिला भलिबल टिमको भव्य स्वागत (फोटो फिचर)

काठमाडौं । एशियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको च्याम्पियन बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिम नेपाल आइपुगेको छ। लगातार दोस्रो संस्करणको उपाधि जित्दै स्वदेश आइपुगेको टिमलाई बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो।

बंगलादेशमा सम्पन्न प्रतियोगितामा लिग चरणदेखि फाइनलसम्म एक खेल पनि नहारी नेपालले उपाधि रक्षा गरेको थियो। बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा सम्पन्न प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको हो।

सन् २०१९ मा भएको पहिलो संस्करणमा पनि फाइनलम माल्दिभ्सलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यो उपाधि विजेता टिमका खेलाडीहरूलार्य जनही पाँच-पाँच लाख नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ।

प्रतियोगिताको पुरुषतर्फ भने नेपाल चौथो भएको थियो। आजै खेलाडीहरूलाई नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषदमा बदाई तथा सम्मान पनि गर्दैछ।

 

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved