खोप अभियानमा समेटिएनन् महोत्तरीका मुसहर समुदाय

नेपालभ्युज

खोप अभियानमा समेटिएनन् महोत्तरीका मुसहर समुदाय
फाइल तस्वीर

जनकपुरधाम। सरकारले चैतसम्म लक्षित समुदायका सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म लक्षित समुदायका ६९.२ प्रतिशतले कम्तिमा एक डोज र ५१.३ प्रतिशतले पूर्ण डोज खोप लगाइसकेका छन्।

महोत्तरीमा जिल्लाका १५ वटा स्थानीय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन्। तर मुसहर बस्तीका मानिसहरु खोप अभियानमा छुटेका छन्।

पर्याप्त जानकारीको अभाव हुँदा यहाँका मुसहर समुदाय खोप कार्यक्रमबाट बन्चित भएको मानव अधिकार रक्षक संजाल महोत्तरीका सचिव रंजन भण्डारीले बताए।

दुरदराजका ग्रामिण भेगका मुसहर समुदाय मात्र हैन, बर्दिवासस्थित धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरेको नमुना मुसहर बस्तीका बासिन्दाहरूले समेत खोप लगाउन पाएका छैनन्।

‘‘खोप कहाँ गएर लगाउने हो , यो कसरी कसले लगाई दिन्छ, भन्नेसम्मको पनि जानकारी छैन,’’ नमुना मुसहर बस्तीका सुनिल सदाले भने । बर्दिबासस्थित नमुना बस्तीमा ५२ घरधुरी मुसहरहरू छन्। मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ।

पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ। तर, मुसहर समुदायका बालबालिकाहरू विद्यालयमा समेत अनुपस्थित हुने गरेकाले खोप अभियानमा छुटेको स्वास्थकर्मीहरु बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved