एकदिवसीय क्रिकेट सिरिज

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य, कमल सिंह ऐरीको ह्याट्रिक

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य, कमल सिंह ऐरीको ह्याट्रिक

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य दिएको छ । कमल सिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा अलआउट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा १५७ रन बनाएर अलआउट भयो ।

आयरल्याण्डका अन्तिम तीन विकेट कमल सिंह ऐरीले लगातार लिएका थिए । उनले ३८ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए। साहब आलम र मौसम ढकालले २–२ तथा रिजन ढकालले १ विकेट लिए।

आयरल्याण्ड ‘ए’ का लागि केड कार्माइकलले ५१ रन बनाए। टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved