काठमाडौं। नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्स (आयरल्याण्ड ए) बीच हुने सिरिजको नयाँ तालिका सार्वजनिक भएको छ।
नेपाल भ्रमणमा रहेको आयरल्याण्डको टोलीले अब नेपाल ‘ए’ सँग टी-२० र एकदिवसीय क्रिकेट खेल्नेछ ।
काठमाडौं उपत्यकासहितका स्थानमा बुधबार रातिदेखि नै वर्षा भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारका लागि तय पहिलो खेल रद्द गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिकाअनुसार टी–२० सिरिजको पहिलो खेल शुक्रबार १ बजे सुरु हुनेछ। दोस्रो खेल आइतबार हुनेछ। तेस्रो खेल भने अप्रिल १ मा हुनेछ।
एकदिवसीय सिरिज भने अब अप्रिल ३ मा सुरु हुनेछ। पहिलो खेल अप्रिल ३, दोस्रो अप्रिल ५ र तेस्रो खेल भने अप्रिल ७ मा हुने क्यानले जनाएको छ।
आयरल्याण्ड वल्भ्स नेपाल भ्रमणमा छ। नेपालको राष्ट्रिय क्रिकेट टोलीसँगको २ खेलको टी–२० सिरिजमा आयरल्याण्ड वल्भ्स २–० ले पराजित भएको थियो।
Facebook Comment
Comment