एजेन्सी । महिनावारीमा आउने रगतको रंग कस्तो देखिनुपर्छ ? यसबारे जानेर पनि धेरै स्वास्थ्यसँग जोडिएका समस्याबाट बच्न सकिन्छ । स्वस्थ महिनावारीमा रगतको रंग सामान्य रुपमा ब्राइट रेड अर्थात चहकिलो रातोदेखि लिएर गाढा खैरो तथा कालो हुने गर्छ ।
महिनावारीको क्रममा हुने रगतको रंग हरेक महिना र हरेक महिनावारीका क्रममा परिवर्तन हुने गर्छ । हर्मोनल परिवर्तन, खानपान, जीवनशैली, संक्रमण, उमेर र वातावरणको कारणले पनि रगतको रंगमा परिवर्तन देखिन्छ ।
महिनावारीको बेला देखिने रगतको रंगले विभिन्न स्वास्थ्य अवस्थाबारे बताउँछ ।
ब्राइट रेड तथा डार्क रेड रगत, दुवै स्वस्थ महिनावारीको संकेत हुन्छ । जब रगत ब्राइट रेड हुन्छ तब यो फ्रेस हुन्छ । यो तपाईंको महिनावारीको सुरुआतमा धेरै रक्तश्राव हुनाले देखिन्छ ।
कालो रगत महिनावारीका क्रममा पेल्विक इन्फ्लेमेटरी डिजीज वा अन्य योनी सम्बन्धि संक्रमणको कारणले पनि हुन सक्छ । यस्तोबेला पिसाब फेर्दा समस्या, योनी वरिपरि दुखाई, चिलाउने, जाडो हुने तथा रुघा लाग्ने जस्ता लक्षण पनि देखिन्छन् ।
सुरुआत वा अन्तिममा महिनावारीको रगतको रंग खैरो हुनु सामान्य हो । यसले यही संकेत गर्दछ कि यसरी आइरहेको रगत पुरानो हो ।
महिनावारीको क्रममा गुलाबी रगत आइरहेको छ भने यो सर्वाइकल फ्लुइड मिसिएकाले हुन्छ । त्यस्तै यो कम एस्ट्रोजन लेवलको संकेत पनि हुने गर्छ ।
Facebook Comment
Comment