सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

उनले भने, ‘बात निक्लेगी तो बहुत दुरतक जाएगी । कुरा निस्केकाले मैले जवाफ दिनै पर्छ ।’

नेपालभ्युज

सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सदस्यहरुले सहकारी ठगीको विषयमा आवाज उठाएपछि गृहमन्त्री लामिछानेले त्यसमा आफ्नो नाममात्र रहेको दाबी गरे ।

उनले भने, ‘सहकारी ठगी प्रकरणमा मेरो नामबाहेक केही छैन । हस्ताक्षर छैन । ल्याप्चे छैन । सामान्य केवाईसी पनि भरिएको छैन । न निवदेन दिएको छु । त्यो मुद्दा अदालतमा दर्ता भएको छ तर मेरो नाम छैन । म प्रतिवादी छैन । वादीहरुले आफ्नो वयानमा पनि मेरो नाम लिएका छैनन् ।’

आफ्नो दल सरकारमा सहभागी हुनुभन्दा धेरै अघि सहकारी ठगी मुद्दा दर्ता भएकाले यो प्रकरणमा अनुसन्धानका लागि आफु सधैं तयार रहेको उनको प्रतिबद्धता थियो ।

समिति सभापति रामहरी खतिवडाले सहकारी ठगीको विषय बैठकको एजेन्डा नभएको बताएपनि लामिछानेले सांसदहरुले केही कुरा उठान गरेकाले स्पष्ट पार्न आवश्यक रहेको बताए । उनले भने, ‘बात निक्लेगी तो बहुत दुरतक जाएगी । कुरा निस्केकाले मैले जवाफ दिनै पर्छ ।’

फरक प्रशंगमा गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकबाट बरामद हतियारबारे अनुसन्धान भइरहेको जानकारी दिए । हतियार बोक्ने अनुमति एक जनाले लिएको र बरामद हुँदा अर्को जनाले बोकेर हिडेको पाइएकाले त्यसैमा आधारित रहेको अनुसन्धान भइरहेको उनको भनाइ थियो ।

#nepalviews

#RabiLamichhane

#सहकारी_ठगी_प्रकरण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved