काठमाडौं । फिफा विश्वकप छनोट (FIFA World Cup Qualifiers)अन्तर्गत भएको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।
गएराति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
बहराइनकोजितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए ।
नेपालले तिनवटै गोल सुरुमै खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो ।
जितसँगै बहराइन समुह एचको दोस्रो स्थानमा पुगेको छ । बहराइनले ४ खेलबाट ९ अंक जोडेको छ । नेपाल भने अंकविहिन हुदै समूहको पुछारमा छ । यो हारपछि विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।
तर एसियन कपमा छनोट हुने नेपालको सम्भावना भने अझै बाँकी नै छ । समूहको तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।
हिजै भएको अर्को खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । ४ खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ ।
#Fifa
#Baharain
#Afc
#Nepal
Facebook Comment
Comment