आयरल्याण्ड वल्भ्सविरुद्ध नेपाललाई छैठौं सफलता

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपाललाई छैठौं सफलता
File Photo

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले छैठौं विकेट लिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले विकेट लिएका हुन्।

उनले आयरल्याण्डका स्टीफन डोहेनी ४६ रनमा आउट गरेका हुन्। स्टीफनको प्रहारलाई दीपेन्द्र सिंह ऐरीले क्याच गरे ।

यसअघि कुशल मल्लले १, गुल्शन झाले २, ललित राजवंशी र करण केसीले १–१ विकेट लिए। टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved