रुसको कन्सर्टमा हमला गर्ने समूहका सबै पक्राउ, बन्दुकधारी युक्रेनतर्फ भाग्दै गरेको रुसको आरोप

नेपालभ्युज

रुसको कन्सर्टमा हमला गर्ने समूहका सबै पक्राउ, बन्दुकधारी युक्रेनतर्फ भाग्दै गरेको रुसको आरोप

काठमाडौं । रुसको एउटा कन्सर्ट हलमा अन्धाधुन्ध गोली चलाएर १३३ जनाको हत्या गर्ने सबै चार बन्दुकधारी पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै चार जना बन्दुधकारीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

उनका अुसार घटनामा संलग्न भएको आशंकामा अन्य ७ जना पनि पक्राउ परेका छन् । बन्दुकधारीहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको रुसको आरोप छ । युक्रेनले भने रसियाको आरोपलाई बेतुकको भन्दै अस्वकार गरेको छ ।

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला भएको आतंकवादी हमलामा १३३ जनाको मृत्यु भएको थियो भने १ सय ४० भन्दा बढी घाइते भएका थिए । आतंकवादी समुह ‘इस्लामिक स्टेट–खेर्सान’ ले आक्रमणको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved