टी-२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने कोहली

नेपालभ्युज

टी-२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने कोहली

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० क्रिकेटमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

यस सिजनको आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।

यससँगै कोहली क्रिस गेल, पोलार्ड र शोएब मलिक जस्ता खेलाडीको क्लबमा सामेल भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४५६२ रन बनाएका छन् ।

जहाँ पाकिस्तानका शोएब मलिक १३३६० रनको साथ दोस्रो स्थानमा छन् । वेस्ट इन्डिजका खेलाडी पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved