काठमाडौं । रेभ पार्टीमा सर्पको विष सप्लाई गर्ने गरेको आरोपमा पक्राउ परेका चर्चित रियालिटी शो बिग बोसका विजेता एल्विश यादवले जमानत पाएका छन् ।
शुक्रबार एनडीपीएसको तल्लो अदालतले ५० हजार भारु जमानतमा यादवलाई छोड्न आदेश दिएको हो । उनी पक्राउ परेको पाँचौ दिन लक्सर जेलबाट छुटेका छन् ।
उनको साथबाट एनडीपीएस ऐन अन्तर्गतको कुनै सामग्री बरामद नभएको पाइएपछि जमानतमा छोडिएको अदालतले जनाएको छ ।
यसअघि उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो ।
गत फेब्रुअरीमा यादवले युट्युबमा १३ मिनेट ३४ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा रेभ पार्टीमा सर्पको विष सप्लाई गर्नेबारे कुरा गरेका थिए ।
सर्पको विष सप्लाई गरेको अभियोगमा कोतवाली सेक्टर ४९ मा पिपुल्स फर एनिमल नाम गरेको संस्थाले यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
Facebook Comment
Comment