फिफा विश्वकप छनोटमा बहराइनसँग नेपाल फराकिलो अन्तरले पराजित

नेपालभ्युज

फिफा विश्वकप छनोटमा बहराइनसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ । बहराइनको घरेलु मैदानमा भएको खेलमा नेपाल ५– ० ले पराजित भएको हो ।

ली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । यो हारसहित नेपालले एसियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ ।

यी तीन वटै खेलमा नेपालले एक गोल पनि फर्काउन सकेन । नेपालले पहिलो खेलमा युएईसँग ४–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले हार बेहोरेको थियो ।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार खेल्ने छ । दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि बहराइनमा खेलेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved