यस्ता व्यक्तिका लागि खतरनाक हुन्छ टमाटर

नेपालभ्युज

यस्ता व्यक्तिका लागि खतरनाक हुन्छ टमाटर

एजेन्सी । त्यसो त टमाटरलाई फल तथा तरकारी दुवैको रूपमा लिइन्छ । विशेषगरी हाम्रो नेपाली समाजमा यसलाई तरकारीकै श्रेणीमा राखेको पाइन्छ ।

यसलाई विभिन्न तरकारीहरूमा राखेर, अचार बनाएर वा सलादको रूपमा खान सकिन्छ । यसमा थुप्रै एन्टीअक्सीडेन्ट तथा पोषक तत्वहरू पाइन्छ जो सबैका लागि फाइदाजनक हुन्छ ।

तर, कतिपय अवस्थामा टमाटर खानु पनि घातक हुन सक्छ । आज हामी त्यस्तै टमाटरले कस्तो व्यक्तिलाई नोक्सान पुर्याउँछ भन्नेबारे जान्नेछौं ।

जो व्यक्तिलाई एसिड रिफ्लक्सको समस्या छ । यदी त्यस्ता व्यक्तिले टमाटरको सेवन गर्छन् भने उनीहरूलाई अझ बढी समस्या हुन सक्छ । किनकी टमाटरमा प्राकृतिक रूपमा एसिडिटी हुन्छ, जसले पोल्ने समस्या अझ बढ्छ ।

तपाईंलाई टमाटर खाएपछि छाती पोल्ने, अपच आदि समस्या हुन्छ भने नखानुहोस् । खानुअघि त्यसको बोक्रा र बिज पनि निकाल्नुपर्दछ ।

यदी तपाईंको मृगौलामा पत्थरी परिरहेको छ भने पनि टमाटर कत्ति पनि खानु हुँदैन । टमाटरमा अक्सालेट नामक तत्व पाइन्छ जसले मिर्गौलामा अक्सालेट स्टोन बनाउने काम गर्छ । यस्तोमा टमाटरको सेवन गर्नुअघि एकपटक डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

कतिपय मानिसलाई टमाटर खाएपछि एलर्जीको समस्या हुने गर्छ । तपाईंलाई पनि टमाटर खाएपछि शरीर चिलाउने, सुन्निने आदि समस्या भइरहेको छ भने यसलाई खानबाट बच्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved