एजेन्सी । धेरैपटक पारिवारिक सम्बन्धमा पनि तनाव हुने गर्छ जसले गर्दा व्यक्तिको मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ ।
परिवारमा हुने झैझगडाले घरमा नकारात्मक वातावरण सिर्जना हुन्छ जसले गर्दा मानिसलाई तनाव बढ्न थाल्छ ।
जब कोही व्यक्तिलाई उसको परिवारको समर्थन प्राप्त हुँदैन ऊ भावनात्मक रुपमा एकदमै कमजोर पर्न सक्छ ।
जब लामो समयसम्म परिवारबीचको आपसी मतभेदहरु सुल्झिँदैनन्, यस्तो माहोलमा बस्दा बस्दै व्यक्तिलाई एन्जाइटी, डिप्रेशन तथा निद्रासँग जोडिएका समस्याहरु हुन थाल्छन् ।
परिवारमा भइरहेको मतभेदलाई समयमा नै निष्कर्षमा ल्याउनु एकदमै जरुरी हुन्छ । किनकी यस्तो माहोलमा सधैं बसिरहनु भनेको मानसिक रुपमा नै व्यक्ति रोगी हुनु हो ।
त्यसैले पारिवारिक कलह सुल्झाउने एउटा मात्रै तरिका हुन्छ त्यो हो परिवारका सबै सदस्यसँग खुलेर कुराकानी गर्ने र समस्याको समाधान निकाल्ने ।
कतिपय व्यक्तिले पारिवारिक झगडालाई हल्का तथा सामान्य रुपमा लिन्छन् तर यस्तो गर्नु हुँदैन । किनकी त्यही परिवारको अर्को व्यक्तिलाई त्यो एकदमै समस्या लागिरहेको हुन सक्छ । त्यसले तनाव दिइरहेको हुन सक्छ ।
त्यसैले समस्यालाई समयमै टुंगो लगाउँदा मानसिक तनाव हुनबाट जोगिन सकिन्छ ।
Facebook Comment
Comment