काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनौद चौधरीले आफूमाथि ‘राजनीतिक स्टन्ट’ गरिएको बताएका छन् ।
बिहीबार बिहान बाँसबारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर बाहिरिएका उनले आफूमाथि भएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका हुन् ।
स्टन्ट गर्नेहरूलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहन आवश्यक नरहेको उनले बताए । “स्टन्ट गर्नेहरूलाई मैले चरित्रको प्रमाणपत्र देखाइरहन पर्दैन । म इमान्दार राजनीतिकर्मी हुँ, त्यसैले बयानका लागि आएको हुँ,” उनले भने ।
अगाडि उनले भने, “अनुसन्धानको बारेमा जानकारी गराएको पत्र प्राप्त भएपछि जुन हिसाबले त्यो सञ्चारमाध्यमा रङ्गिए । त्यो स्टन्ट के उद्देश्यका लागि गरियो भन्ने प्रष्ट भयो । यो विषयमा कुरा उठेपछि, मेरो भाइमाथि अनुन्धान भएपछि दलको बैठकमा र प्रतिनिधिसभा सदस्य भएको हैसियतले रोष्टममा उभिएरै कुराहरू भनेको थिएँ । तर त्यो सुनिएन ।”
उनले बाँसबारीको जग्गा ४२ वर्षअगाडि लिँदा त्यो अनकन्टार रहेकोसमेत बताए । “त्यसबेला त्यो जग्गा कौडीको भाउमा समेत बिक्री हुँदैनथ्यो । आज यहाँसम्म आउँदा जसरी ममाथि यस्तो भइरहेको छ । त्यसले समग्र उद्योग तथा व्यवसायमाथि हस्तक्षे भएको छ,” उनले भने ।
Facebook Comment
Comment