बलिउडका सबैभन्दा महँगा खलनायक बने यश, रामायणमा कति लिदैँछन् पारिश्रमिक ?

नेपालभ्युज

बलिउडका सबैभन्दा महँगा खलनायक बने यश, रामायणमा कति लिदैँछन् पारिश्रमिक ?

काठमाडौं । चर्चित फिल्म केजीएफ र केजीएफ-२ का नायक यश अब खलनायकको पात्रमा देखिने भएका छन् ।

उनी रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् । दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मको निर्देशक हुन् ।

विशेष कुरा के छ भने यशले रावणको भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । यो भारतीय सिनेमाको इतिहासमा खलनायकले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो ।

मिडिया रिपोर्टका अनुसार यश केजीएफ-३ को सुटिङमा पनि व्यस्त छन् । तर, यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् ।

बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति धेरै पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने यसअघि अहिलेसम्म कसैले पनि यति धेरै पारिश्रमिक लिएका छैनन् ।

रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।

कमल हसन प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर कल्की २८९८ एडीमा खलनायकको भूमिकामा देखिदैँछन् ।

उनले यो फिल्मका लागि ३० करोड पारिश्रमिक लिएका छन् । यशपछि उनी सबैभन्दा धेरै कमाउने खलनायकको सूचीमा दोस्रो स्थानमा छन् ।

फिल्म सन् २०२४ को मे ९ मा रिलिज हुँदैछ । फिल्मको बजेट ६ सय करोड रहेको छ ।

यस्तै, धेरै पारिश्रमिक लिने खलनायकमा विजय सेतुपति तेस्रो नम्बरमा आउँछन् । उनी सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’मा खलनायक कालीको भूमिकामा देखिएका थिए।

यो भूमिकाका लागि विजयले करिब २१ करोड भारु लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved