आफू बस्ने निवासमा आगो लगाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

नेपालभ्युज

आफू बस्ने निवासमा आगो लगाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । प्रहरीले सरकारी निवासमा आगजनी गरेको आरोपमा एक प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी रहेका छन् ।

गत फागुन २४ गते राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफू सुतिरहेको बेलामा अज्ञात समूहले आगजनी गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।

प्रहरीको टोली अधिकारी बस्ने घरमा पुग्दा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो ।

घटनामा अन्य व्यक्ति संलग्नमा छ कि छैन भनेर अनुसन्धान गर्दा अन्य व्यक्ति को संलग्नता नरहेको पाइएको थियो ।

सरकारी निवासमा अधिकारीले नै आगो लगाएको हुनसक्ने आशंकामा गाउँपालिकाले नै जाहेरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved