काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
पार्टी उपाध्यक्ष कृष्णवहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछिको अवस्थामा पार्टीको धारणा बनाउन बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए ।
माओवादीले हिजै पदाधिकारी बैठक बोलाउने तयारी गरेपनि प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बिहान बस्न लागेको हो । बैठकमा महराको विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने पौडेलले बताए ।
बैठकले उपाध्यक्ष महरालाई निलम्बन गर्ने अनुमान गरिएको छ ।
छानबिन आयोगले गरेको सिफारिसका आधारमा उपाध्यक्ष महरा पक्राउ परेका थिए ।
महरामाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद थप गरेको छ । अदालतको आदेश अनुसार महरालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
Facebook Comment
Comment