एजेन्सी । शाहरूख खान र गौरी खानलाई बलिउडमा बलियो जोडीमध्ये एकमा लिइन्छ । सबैले उनीहरूको जोडीको प्रसंशा गर्छन् । तर, कुनै समयमा गौरीको एउटा कुरा भने शाहरूखलाई कत्ति पनि मन पर्दैनथ्यो ।
एउटा समय थियो जब शाहरूख गौरीलाई लिएर एकदमै पोसेसिभ थिए । यो उनको गौरीप्रतिको गाढा प्रेम नै थियो । यही कारणले गर्दा गौरीले कोही पनि केटासँग कुरा गरेको उनलाई मन पर्दैनथ्यो । चाहे त्यो बच्चा होस् वा जो कोही उनी एकदमै चिडचिड हुने गर्थे जब गौरी कोही पुरूषसँग कुरा गर्थिन् । शाहरूखले यस्तो कुरा एक अन्तरवार्तामा बताएका छन् ।
सुरूवाती दिनमा शाहरूखको प्रेममा एकदमै धेरै पोसेसिभनेस थियो । तर, विस्तारै समय तथा परिस्थिति बदलिँदै गयो । प्रेम त अहिले पनि गर्छन् उनीहरू एकअर्कालाई तर, अब जिम्मेवारीमा परिसकेपछि त्यस्तो खालको केटाकेटीपना देखिँदैन ।
गौरीलाई पनि शाहरूखको एउटा बानी कत्ति पनि मन पर्दैन । गौरीका अनुसार शाहरूखले आफ्ना बच्चालाई धेरै बिगारेको भनाई छ ।
चाँडै बुवाआमा गुमाएकाले उनले आफ्ना बच्चालाई कुनै कुराको कमी हुन दिँदैनन् । जुन कुराले आफ्ना छोराछोरी बिग्रने गौरीको भनाई छ ।
Facebook Comment
Comment