टेलिकमका प्राविधिक अधिकृत सिटौलाविरूद्ध डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा

नेपालभ्युज

टेलिकमका प्राविधिक अधिकृत सिटौलाविरूद्ध डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनले व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगको ठहर छ ।

अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९-७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएर हिमडुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हो ।

आयोगले गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved