अस्पतालबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारीलाई धरौटीमा छाड्न आदेश

नेपालभ्युज

अस्पतालबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारीलाई धरौटीमा छाड्न आदेश
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको लैजाँदैगर्दा दैलेखको नौमुलेकी मनकुमारी सिंह (सीसीटीभी फुटेजबाट)

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी दैलेखकी २७ वर्षीया मनकुमारी सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी थिइन् ।

सिंहविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर गरेको थियो। गत फागुन ११ गते राति मनकुमारी बच्चा जन्मिएको खुशीयालीमा आफन्तहरु जम्मा भएकै समयमा पक्राउ परेकी थिइन्। पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि प्रहरीले उनलाई  पक्राउ गरेको थियो ।

पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट ती महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो।

मनकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved