फ्लप अभिनेताको प्रेममा तमन्ना

नेपालभ्युज

फ्लप अभिनेताको प्रेममा तमन्ना

एजेन्सी । अभिनेत्रीहरुमाथि ‘गोल्ड डिगर’को आरोप लगाउने गरिन्छ । तर, बलिउडकी तमन्ना भाटिया यी कुराहरुलाई गलत साबित गरिरहेकी छन् ।

मिडिया रिपोर्टअनुसार तमन्नाको सम्पत्ति १९२ करोड छ । तमन्नाले एउटा फिल्म गरेवापत करीब ४ देखि ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

तमन्ना हिजोआज आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा आइरहेकी हुन्छिन् । उनको नाम अभिनेता विजय वर्मासँग जोडिइरहेको हुन्छ ।

तमन्ना प्रायः विजयसँग समय बिताइरहेको देखिन्छिन् । उनीहरु विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पनि सँगसँगै उपस्थित भइरहेका हुन्छन् ।

तपाईंले अचम्म मान्नुहोला तमन्नाभन्दा सात गुणा कम विजय वर्माको नेटवर्थ छ । रिपोर्टअनुसार विजयको नेटवर्थ जम्मा २७ करोड रहेको छ । उनी एक फिल्मका लागि करीब २५ देखि ७५ लाख मात्रै लिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved