इजरायल र हमासबीच युद्धविरामको पहल पुन: सुरु, इजरायलको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु

नेपालभ्युज

इजरायल र हमासबीच युद्धविरामको पहल पुन: सुरु, इजरायलको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामका लागि वार्ताको तयारी भइरहदा इजरायको आक्रमणबाट कम्तिमा १२ जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।

मारिनेमा अधिकांस केटाकेटी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । कतारमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षा गरिएको छ । इजरायली प्रतिनिधिमण्डल वार्ताका लागि दोहा पुगिसकेका छन् ।

यसैबीच सहायता सामाग्री बोकेका १३ वटा ट्रक कुनै अवरोधबिना गाजा शहर पुगेका छन् । चार महिना यता पहिलो पटक राहत सामाग्री सहजरुपमा गाजा पुगेको यो पहिलो पटक हो ।

गत अक्टोबरमा सुरु भएको युद्धमा अहिलेसम्म ३१ हजार ५ सय ५३ प्यालेस्टाइनीको मृत्यु भएको भने ७३ हजार भन्दा बढी घाइते भएका छन् । हमासको आक्रमणबाट १ हजार १ सय ३९ इजरायलीको मृत्यु भएको छ भने दर्जनौं इजरायली नागरिकलाई हमासले बन्दी बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved