काठमाडौं उपत्यकामा साढे २ हजार जनाले गर्छन् ट्राफिक नियम उल्लंघन

नेपालभ्युज

काठमाडौं उपत्यकामा साढे २ हजार जनाले गर्छन् ट्राफिक नियम उल्लंघन
फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यका दैनिक साढे २ हजार बढीले ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

ट्राफिक प्रहरी कार्यालयले एक हप्तामै ट्राफिक उल्लङ्घनका १७ हजार वटाभन्दा धेरै घटना दर्ता भएको जनाएको छ । यसरी दैनिक सरदर साढे २ हजारले नियम नमान्ने देखिएको छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले गएको फागुन २५ देखि यही चैत १ गतेसम्म १७ हजार चार सय ६४ वटा गाडी कारबाहीमा परेको जानकारी दिए ।

यस अवधिमा तीव्र गतिमा गाडी चलाउने दुई हजार सात सय ५८ जना चालक कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार लेन अनुशासन उल्लङ्घनमा सात सय ६६, जाँड÷रक्सी खाएर गाडी चलाउने छ सय ४०, रेडलाइट नियम पालना नगर्ने पाँच सय ८० र बढी भाडा लिएका नौ जना चालकलाई कारबाही गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved