एजेन्सी । काम तनाव, पानीको कमी, आदिले गर्दा मानिसमा टाउको दुख्ने समस्या हुने गर्छ । जसलाई सहन पनि गाह्रो हुन्छ । कतिपय अवस्थामा हरेक समय औषधि सेवन गरिहाल्नु भन्दा घरेलु उपाय अपनाउनु पनि प्रभावकारी हुन्छ । जसको साइड इफेक्ट पनि हुँदैन । आज त्यस्तै केही उपाय जानौं जसलाई गरेर तपाईं टाउको दुखेको केहीबेरमै निको बनाउन सक्नुहुन्छ ।
दालचिनी
टाउको दुखेकोबाट राहत पाउनका लागि दालचिनीको धुलो एकदमै प्रभावकारी हुन्छ । यसका लागि दालचिनीको धुलोलाई पानीमा घोलेर पेस्ट तयार गर्नुहोस् । अब आधा घण्टाका लागि उक्त पेस्टलाई निधारमा लगाउनुहोस् र मनतातो पानीले धुनुहोस् । यसले टाउको दुखेकोमा आराम दिन्छ ।
अदुवा
अदुवामा एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसले टाउको दुखेकोमा आराम पाउन सकिन्छ । यसका लागि तपाईं अदुवाको चियामा कागतीको रस मिसाएर पिउन सक्नुहुन्छ ।
ल्वांग
औषधीय गुणहरुले भरपूर ल्वांग स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । टाउको दुखेकोबाट राहत पाउनका लागि यसलाई पिसेर मलमलको कपडामा पोको पार्नुहोस् । अब यसमा नरिवलको तेल थोरै नुन थोरै ल्वांगको तेल मिसाएर केहीबेरका लागि निधारमा लगाउनुहोस् ।
पुदिना
पुदिनामा हुने गुणहरु शरीरमा रक्त सञ्चारलाई राम्रो बनाउन सहयोगी हुन्छ । यसले टाउको दुखेकोमा पनि आराम दिन्छ । टाउको दुखेको अवस्थामा तुरुन्त राहत पाउनका लागि पुदिनाको पातहरु पिसेर निधारमा लगाउनुहोस् ।
अन्य टिप्स
टाउको दुखेको अवस्थामा टाउको मालिस तथा अक्कुपे्रसरको पनि सहयोग लिन सकिन्छ । यसबाहेक शरीरलाई हाइडे«ट राख्नुहोस् र पेटलाई लामो समय खाली नराख्नुहोस् ।
Facebook Comment
Comment