हिमालयन चेस एकेडेमीको औपचारिक उद्घाटन ( तस्वीरसहित )

नेपालभ्युज

हिमालयन चेस एकेडेमीको औपचारिक उद्घाटन ( तस्वीरसहित )

 काठमाडौं। हिमालयन चेस एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ।

थापाथलीस्थित उपकार कोलनीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र नेपालको पहिलो चेस च्याम्पियन विकासमान लामाले उद्घाटन गरेका हुन्। कार्यक्रममा एकेडेमीको लोगो सार्वजनिक गरिएको थियो ।

चेसको बारेमा आधरभूतदेखि एड्भान्स ज्ञानसम्म दिने उद्देश्यसहित हिमालयन चेस एकेडेमीको स्थापना गरिएको हो। दक्ष्य जनशक्ति र चेससम्बन्धी सम्पूर्ण दक्षता दिन पाठयक्रमको पनि विकास गरिएको छ।

एकेडेमीले दुवै अनलाईन तथा भौतिक रुपमा कक्षा संचालनमा ल्याएको छ। बिगिनर लेभलको कक्षामा चेसको नियम, आधारभूत रणनीति र आवश्यक जुक्तिलाई केन्द्रमा राखी कक्षा संचालन गरिने छ। एड्भान्सड लेभलमा भने परिष्कृत तालिम, खेलको स्तरमा वृद्धि, प्रतिस्पर्धात्मक शैलीको लागि निजीकृत प्रशिक्षकसमेत प्रदान गराइने छ।

सानै उमेरका बालबालिकालाई लक्षित गरी हरेक शनिबार विशेष कक्षा पनि संचालनमा ल्याएको छ। एकेडेमीले विभिन्न शैक्षिक संस्थानहरुसँग संयोजन गरी चेसलाई शैक्षिक पाठ्यक्रममा संलग्न गराउन संरचित योजनामा पनि मद्दत गर्नेछ।

साथै एकेडेमीमा चेस लाइब्रेरी पनि स्थापित गरिएको छ। विभिन्न चेस केन्द्रित किताबले खेलाडीको रणनिती, योजना निर्माण गर्नुको साथै खेलाडीको चेसबारे विस्तृत ज्ञान विकास हुनेमा पनि एकेडेमी विश्वस्त रहेको छ।

एकेडेमी चेस संज्ञानात्मक विकास, गणितीय दक्षता, योजना बनाउने सीपको विकास, स्मरणशक्तिमा सुधार, आत्मअनुशासन, निर्णय लिने क्षमताको विकास, सृजनशीलतामा वद्धि, समस्याको समाधान गर्ने क्षमता, स्पोर्टसम्यानसिप तथा समय व्यवस्थापनको क्षमता विकास गर्ने खेल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved