सुर्खेत । कर्णाली प्रदेशका दुई स्थानीय तहमा अध्यक्ष-उपप्रमुख र दुई वडाध्यक्षको पद खाली छ ।
दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखको पद खाली रहेको छ ।
त्यस्तै, कालिकोटको तिलागुफा नगरपालिकाको वडा नं. ४ र जाजरकोट कुशे गाउँपालिकाको वडा नं. ७ वडाध्यक्षको पद खाली रहेका छन् ।
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको गत वर्ष माघ २७ निधन भएको थियो भने कार्तिक १७ गते गएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो । यी दुबै पालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए ।
माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको असार ४ गते निधन भएको थियो भने कालिकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाहीको गत वर्ष असोजमा पहिरोमा परेर निधन भएको थियो । यी दुवै माओवादी केन्द्रबाट विजयी भएका थिए ।
Facebook Comment
Comment