नङ टोक्ने नराम्रो बानीले ल्याउने समस्या

नेपालभ्युज

नङ टोक्ने नराम्रो बानीले ल्याउने समस्या

एजेन्सी । कतिपय मानिसको आत्तिँदा वा सामान्य रुपमा पनि नङ टोक्ने वा चबाउने बानी हुन्छ । कतिपयको यस्तो बानी सानो उमेरदेखि नै हुन्छ ।

यदि तपाईं वा परिवारमा कसैको यस्तो बानी छ भने यसबाट हुने नोक्सानीका बारेमा जान्नुहोस ।

नङ चबाउनु नराम्रो बानी हो यो सबैलाई थाहा छ । यसले किटाणुको संक्रमण हुने खतरा बढ्छ । नङमा फोहोर जम्मा भइरहेको हुन्छ जसले मानिसलाई बिरामी बनाउन सक्छ । यसले छाला सुन्निने, रातो हुने जस्ता समस्या पनि देखिन्छ ।

त्यस्तै नङ चबाउने वा टोक्ने बानीले दाँत तथा मुखलाई पनि नराम्रो असर गर्छ । नङ टोक्ने बानी भएको व्यक्तिले कुनै पनि बेला मुखमा औंला लगेर टोक्न सुरु गर्छ जसले गर्दा हातको फोहोर तथा संक्रमण मुखमा प्रवेश गर्छ । यसले दाँतमा पनि समस्या देखिन सक्छ ।

त्यस्तै जब नङ टोकिन्छ उक्त फोहोर तथा संक्रमण हाम्रो पेटमा जान्छ । जसले गर्दा पेटमा पनि संक्रमण हुने तथा पेट सम्बन्धी समस्या देखिन सक्छ ।

नङ टोक्दै जाँदा छाला भन्दा भित्र पुग्न थाल्छन् जसले गर्दा नङ तथा औंलामै विभिन्न समस्या हुन थाल्छन् । त्यस्ता नङ सुन्दर त हुँदैनन् साथमा ती संक्रमित पनि हुन्छन् । लामो समय नङ टोक्ने बानीले पछि गएर नङको आकार नै परिवर्तन हुन थाल्छ ।

टोक्नबाट बच्न सधैं नङ छोटा राख्ने गर्नुस् । त्यस्तै नङ टोक्न मन लागेको समयमा आफ्ना हात व्यस्त राख्नुहोस् । जसले गर्दा नङ टोक्ने बानीबाट छुट्कारा पाउन सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved