काठमाडौं। अमेरिका बस्ने केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह ‘अर्को भोर’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ। साहित्यकार एवं पूर्वसांसद् नारायण ढकालले पुस्तक लोकार्पण गरेका हुन्।
उनले विश्वको साहित्यिक नक्सामा नेपाललाई चिाउने जिम्मा युवा पुस्ताका लेखकहरुमा आएको बताए। समालोचक महेश पौडेलले नेपाली एवं अंग्रेजी साहित्यकै पठनपाठनमा लागेकाले मात्र साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यता गलत साबित हुँदै गएको बताए।
उनले फरक पेसा र व्यवसायका मानिस साहित्यिक क्षेत्रमा आउँदा नयाँ विषय सिर्जनाका रुपमा पाठकसामु प्रस्तुत हुने बताए। ज्ञवालीको कथा ‘एक्वारियम’ लाई आफूले उत्कृष्ट कथाका रुपमा ठहर्याएको उनले बताए।
समालोचक ज्ञानु अधिकारीले ज्ञवालीको कथासङ्ग्रहले कथाको परम्परागत मान्यतालाई तोडेको धारणा राखिन्।
लेखक ज्ञवालीले कथासङ्ग्रहमार्फत फरक स्वाद दिन खोजिएको बताए। शिखा बुक्सले प्रकाशन गरेको कथासङ्ग्रहमा १४ वटा कथा छन्।
Facebook Comment
Comment