राष्ट्रियसभा प्रतिनिधि सभाको छायाँ बन्नु हुँदैन : झक्कु सुवेदी

नेपालभ्युज

राष्ट्रियसभा प्रतिनिधि सभाको छायाँ बन्नु हुँदैन : झक्कु सुवेदी

काठमाडौं । राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिन आवश्यक रहेको बताएका छन् ।

बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपालका यावत समस्या समाधान गर्न सबैको भुमिका निर्णायक हुने बताए ।

राष्ट्रियसभा सदस्यहरुको भुमिका कानून निर्माण भएको पनि सुवेदीको भनाई छ । उनले राष्ट्रिय सभा सदस्यहरुको भुमिका कानून निर्माणसँगै विकास निर्माण र राजनीतिक भुमिकामा पनि जोडिने जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा फरक भएकाले प्रतिनिधि सभाको छायाँ राष्ट्रियसभा बन्नु नहुने सुवेदीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved