कठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै उचालिएको शेयरबजारमा अर्को दिन भने पहिरो गएको छ । साताको कारोबारको तेस्रो दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ ।
सोमबार तीन पटकसम्म सकारात्मक सर्किट लागेर कारोबार समयावधिभन्दा अगावै बन्द भएको नेप्से मंगलबार भने ठूलो अंकले घट्यो ।
कारोबारको सुरुवाती समयमा उच्च अंकले बढेको नेप्से परिसूचक आज ७० दशमलव ३१ अंकले घटेको छ । परिसूचक २००७ दशमलव ६९ को विन्दुमा झरेको छ ।
आज ३१६ कम्पनीको ६९ हजार २ सय ८ पटकको कारोबारमा १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम भने ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ९८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ९७ अंकले घटेर ३५७ दशमलव ०३ को विन्दुमा पुगेको छ । मंगलबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

Facebook Comment
Comment