काठमाडौं । मुलुकका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात भएको छ ।
आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुने महाशाखाको अनुमान छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
Facebook Comment
Comment