कागजको कपमा चिया पिउँदा हुन्छन् शरीरमा यस्ता नोक्सान

नेपालभ्युज

कागजको कपमा चिया पिउँदा हुन्छन् शरीरमा यस्ता नोक्सान

एजेन्सी । होटल वा रेष्टुरेष्टहरुमा धेरै ठाउँमा कागजको कपमा चिया पिउने गरिन्छ । तर, कागजको कपमा चिया पिउँदा स्वास्थ्यमा नोक्सान हुन्छ ।

यसले शरीरमा हुने नोक्सानी बारे आज जानौं ।

कागजको कप बनाउन बिस्फेनाल ए र फेथलेट्स जस्ता केमिकलको प्रयोग गरिएको हुन्छ । यी केमिकल शरीरका लागि नोक्सानदायक हुन्छन् ।

पेपर कपमा चिया पिउँदा केमिकल पेटमा जान्छ, जसले गर्दा कब्जियत, अपच तथा पखाला जस्ता समस्या हुन सक्छन् ।

कागजको कपमा चिया पिउँदा मिर्गौलालाई पनि नोक्सान हुन्छ । कप बनाउनका लागि प्रयोग हुने केमिकलले मिर्गौला खराब गर्छन् ।

कागजको कपमा चिया पिउनु मानसिक स्वास्थ्यका लागि पनि नोक्सानदायक हुन्छ । साथमा यसले हर्मोनल असन्तुलन हुने खतरा पनि बढ्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved