काठमाडौं । पार्टीभित्रका आफ्नै टिमको असहयोगका कारण महाधिवेशनमा आफू पराजित भएको नेपाली कांग्रेसका नेता डा प्रकाशमानसिंले बताएका छन्।
१४ औं महाधिवेशनमा उनी महामन्त्री पदका उम्मेदवार थिए। डा महतले शुक्रबार अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको नतिजालाई भने स्वीरका गर्ने बताए।
“बाधा ब्यवधान बाबजुद जुन मत पाएँ त्यो मलाई माया गर्नेहरूको हो। यसले मलाई उर्जा थपेको छ”, डा महतले भने। उनले आफूबाट पनि केही कमजोरी पक्कै पनि भएको र अरूलाई दोषारोपण गर्नुको कुनै अर्थ पनि नभएको बताए।
नेता महतले महामन्त्री तहमा मात्रै प्यानलबाहिर मत आएकोबारे पार्टीले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए।
Facebook Comment
Comment