बाँकेमा आइतबारदेखि लुम्बिनी प्रदेश युवा सम्मेलन हुने

नेपालभ्युज

बाँकेमा आइतबारदेखि लुम्बिनी प्रदेश युवा सम्मेलन हुने

काठमाडौं । लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आईतवारदेखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ ।

लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जनाएको छ ।

एक राम्रो विश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए ।

उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे ।

१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकासमन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरुसहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ ।

यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ ।

सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला सँस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउबिजन समेत लिई प्रदेश युवा सम्मेलन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved