वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीच फाइनल खेल जारी

नेपालभ्युज

वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीच फाइनल खेल जारी

काठमाडौं ।  वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीचको फाइनल खेल चलिरहेको छ ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा खेल ९ः४५ बजे सुरु भएको हो ।

नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यस्तै जोर्डन पनि वाफ च्याम्पियनसिपको उपाधिमाथि दोहोरो ह्याट्रिक गर्ने उद्देश्यका साथ खेल्दैछ ।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ । नेपालले फाइनलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ ।

सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्स प्रस्थान गरेकी छिन् ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गोलले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो ।

जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।

यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved