दिमागमा किरा भयो भने के हुन्छ ?

नेपालभ्युज

दिमागमा किरा भयो भने के हुन्छ ?

एजेन्सी । दिमागमा किरा हुनु एउटा गम्भीर रोग हो । दिमागमा किरा हुँदा तपाईंको टाउको दुख्ने, मिर्गी हुने, ज्वरो आउने तथा बोल्न पनि समस्या हुने जस्ता समस्याहरु हुन्छन् ।

डाक्टरका अनुसार दिमागमा किरा हुने रोगलाई न्यूरोसाइटिक्रोसिस भनिन्छ । यो रोगले अन्य विभिन्न समस्या हुन सक्छन् ।  दिमागमा किरा हुँदा के हुन्छ ? यसबारेमा जानौं–

टाउको दुख्नु

दिमागमा किरा हुँदा टाउकोमा एकदमै तेज दुखाई हुन्छ । यस क्रममा तपाईंलाई धेरै रिस उठ्ने पनि हुन सक्छ ।

मिर्गी

दिमागमा किरा हुँदा तपाईंलाई मिर्गी हुन सक्छ । यस्तोमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ ।

बोल्न समस्या

दिमागमा किरा हुँदा बोल्न पनि समस्या हुन थाल्छ । साथमा तपाईं बोल्ने क्रममा जिब्रो लट्पटिने जस्तो समस्या पनि आउँछ ।

आँखाको रोशनी कमजोर

दिमागमा किरा हुँदा आँखाको रोशनी पनि कमजोर हुन थाल्छ । यसले तपाईंले कम देख्न थाल्नुहुन्छ ।

ज्वरो

दिमागमा किरा परेको खण्डमा तपाईंलाई एकदमै धेरै ज्वरो आउन थाल्छ । यसक्रममा हिँडडुल गर्न पनि समस्या हुन सक्छ ।

कमजोरी

दिमागमा किरा हुँदा शरीरका अन्य अंगमा पनि कमजोरी महसुस हुन थाल्छ । यसक्रममा जोर्नीहरुमा दुखाई पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved