काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत पादुकोणले आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।
उनले एक पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘सेप्टेम्बर २०२४ ।’ यसको मतलब उनी र रणवीर सिंह सेप्टेम्बरसम्म आमाबुवा बन्नेछन् ।
अनिल कपुर, आलिया भट्ट, मृणाल ठाकुर र मनिष मल्होत्रा लगायतका कलाकारले यो जोडीलाई बधाई दिएका छन् ।
पादुकोणले सन् २०१८ मा सिंहसँग विवाह गरेकी थिइन् ।
दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परेका थिए र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे ।
दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’मा पनि क्यामियो गरेकी छिन् ।
Facebook Comment
Comment